झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव शनिवार देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु हेर्ने इलाका कार्यालयले बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक सुबास गौतमको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव…