काठमाडौँ । सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले गौचर व्यारेकमा निर्माण गरिएको शिलालेख अनावरण गरेका छन् ।

उक्त अवसरमा सिग्देलले ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ नामक पुस्तक समेत विमोचन गरेको जङ्गी अड्डाले जनाएको छ । सैनिक हवाई सेवा २०२२ सालमा स्थापना भएको हो ।
सेनाको हवाई सेवाले विपद् व्यवस्थापन, विभिन्न उद्धारलगायत कठिन परिस्थितिमा हवाई साधनमार्फत सेवा प्रदान गर्दै आएको छ।
कार्यक्रममा बलाधिकृत, रथीहरु, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहित हवाई सेवामा सेवारत तथा अवकाशप्राप्त रथी तथा अधिकृतको उपस्थिति थियो ।








प्रतिक्रिया