बिर्तामोड - बिर्तामोड नगरपालिकाको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नति कार्य ८३ प्रतिशत सम्पन्न भएको छ। वडा नम्बर ६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण योजनाको रूपमा रहेको यो सडकमा अहिले तीव्रगतिमा काम भइरहेको छ। बुधबार नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत…