प्रदीप परियार बिर्तामोड । झापा बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको खनाल सप्लायर्समा मंगलवार साँझ ग्यास लिनेहरुको भीड लाग्यो । उपभोक्ताले एकैछिनमा ९० वटा ग्यास सिलिण्डर लिएर घरघर तिर लागे । ग्यास अभावको होहल्लाले उपभोक्ताहरु ग्यास विक्रेतालाई केहिदिन देखि ताकेता गर्दै आएका छन् । खनाल सप्लायर्सका सञ्चालक लक्ष्मी खनालले हल्लाकै कारण उपभोक्ताहरु आत्तिएको प्रतिक्रिया दिएका छन् ।…