बिर्तामोड । गुरुङ समुदायहरूको महान पर्व तमु ल्होसार–२०८२ झापामा भव्यताका साथ मनाइने भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइने भएको हो । झापाको बिर्तामोड नगरपालिका–३ स्थित तमु संग्रहालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय सदस्य एवम् कोशी प्रदेश…