लक्ष्मी उप्रेती
मेचीनगर – कोशी पदेश सभा सदस्य गोपाल तामाङले कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएपनि अपेक्षाअनुसार पर्यटक भित्र्याउन नसकेको बताएका छन् । कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएपनि यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रवद्र्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको उनले बताए ।
शुक्रबार झापाको मेचीनगरमा भएको ‘क्रस बोर्डर टुरिजम कनक्ेलव’को उद्घाटन गदैं प्रमुख अतिथि समेत रहेका तामाङले कोशी प्रदेश अन्य प्रदेशको तुलनामा पर्यटनकाक्षेत्रमा निक्कै सम्भावना बोकेको प्रदेश भए पनि प्रदेश भित्र रहेका पर्यटकीय स्थलको पर्याप्त प्रचार प्रसार नभएकै कारण पर्यटक आर्कषण गर्न नसकेको दाबी गरे ।
कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश पर्यटन वर्ष, २०८२ मा समेत अपेक्षा अनुसार पर्यटक भित्रियाउन नसकेको र प्रतिफल हात पार्न नसकेको भन्दैं सरकारले पर्यटनका लागि विनियोजन गरेको बजेट समेत खर्च गर्न नसकेको बताए ।
पर्यटनका क्षेत्रमा कानूनी जटिलता समेत धेरै रहेको भन्दैं प्रदेश सभा सदस्य तामाङले व्यवहार र अभ्यासमा समेत हामीले धेरै कुरा सुधार्नुपर्ने आवश्यकता औल्याँएका थिए । पर्यटन क्षेत्रलाई आफूले नजीकबाट नियाल्ने अवसर पाएको भन्दैं उनले यसमा सुधार गर्नुपर्ने थुप्रै कुरा रहेको स्पष्ट पारे । यस्ता खाले कार्यक्रमले दुई देशका पर्यटनका क्षेत्रमा सुधार हुने, अत्यधिकरुपमा प्रचार प्रसार हुने भएकाले त्यसतर्फ पर्यटकलाई आर्कषण गर्न सक्ने विश्वास व्यक्त गरे ।
पर्यटन व्यवसायको प्रवद्र्धन विस्तारमा नेपाल तथा भारतका पर्यटन व्यवसायीहरुबीच संस्थागत सम्बन्ध बलियो हुनुपर्ने सभा सदस्य तामाङले बताए । पर्यटन क्षेत्रमा सम्भावना र चुनौती पनि हुने भन्दैं उनले नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम् नेपालीहरूलाई पनि जानकारी छैन । पर्यटकीय स्थलका रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवनजस्ता सीमित स्थानलाई मात्र लिने गरेका छौँ । यी सहित नेपालमा धेरै सुन्दर र राम्रा ठाउँ पनि छन भनेर तीब्र प्रचार प्रसार गर्नुपर्ने, ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने जरूरी रहेको उनको भनाई छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं आयोजक नेपाल पर्यटन बोर्डका वरिष्ट प्रवन्धक सूर्य थपलियाले सीमाक्षेत्रको पर्यटन व्यवसायमा दुवै देशका नागरिकबीच मित्रवत व्यवहार हुनेपर्ने बताए । उस्वेलादेखि अहिलेसम्म पर्यटनमा पुरानै ढंगले अघि बढीरहेको भन्दैं पर्यटन व्यवसाय काठमाडौँंमा मात्र हुन्छ भन्ने गलत सोचाईँका कारण मोफसलको पर्यटनले अपेक्षा अनुसार प्रतिफल दिन नसकेको थपलियाको भनाई थियो । ‘अब पर्यटन व्यवसाय काठमाडौँंमा मात्र छ भनेर बुझ्न हुदैंन् ’ थपलियाले भने, काठमाडौंँ बाहिर पनि पर्यटनको प्रचुर सम्भावना छ । यसक्षेत्रमा थुप्रै समस्या छन् । समाधानका लागि सरकार गम्भीर बन्नुपर्छ । ’
पर्यटनको बिकास र प्रबद्र्धन कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले सहकार्य, सहकारिता र सह अस्तित्वबाट यसको बिकास सम्भव रहेको उनले बताए । नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले यस्ता कार्यक्रमले पर्यटकहरुलाई उत्साहित बनाउने विश्वस व्यक्त गरे । मुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि सीमाक्षेत्रको पनि उल्लेखनिय भूमिका रहेको हुन्छ । त्यसकारण पनि आज नेपालको सुदुर पूर्व नेपाल प्रवेशको पहिलोद्वार झापाको मेचीनगरमा आयोजित कार्यक्रमले खुशी लागेको शर्माको भनाई थियो ।
कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले नेपाल तथा भारत सरकारबीच सीमाक्षेत्रको पर्यटनको सहजीकरणमा अझ बढि भूमिका खेल्नुपर्ने आवश्यकता औल्याएका थिए । यस्ता कार्यक्रमले नेपालमा भारतीय पर्यटकका लागि नयाँ गन्तव्य खुल्ने र नेपाली पर्यटकका लागि भारतसँग समेत ढोका खुल्ने उनीहरुको भनाई थियो ।
दुवैक्षेत्र नेपालको कोशी प्रदेश र भारतको पूर्वी हिमालयनक्षेत्र जस्तै सिक्किम, दार्जिलिङ्गलाई समेटेर संयुक्त टुरिजम प्याकेजहरु बनाउन र प्रवद्र्धन गर्न सजिलो हुने उनीहरुको भनाई थियो । यसले पर्यटकहरुलाई फराकिलो र आर्कषक भ्रमण विकल्पहरु प्रदान गर्ने सहभागी वक्ताहरुले विश्वास व्यक्त गरे । उनीहरुले नेपाल तथा भारत सरकारबीच क्रस बोडर पर्यटनको सहजीकरणमा अझ बढि भूमिका खेल्नुपर्ने आवश्यकता औल्याएका थिए । यसले पर्यटकहरुलाई फराकिलो र आर्कषक भ्रमण विकल्पहरु प्रदान गर्ने विश्वास व्यक्त गरे ।
अध्ययगमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसीप्रसाद भट्टराई, नेपाल उद्योग बाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष ऋषिराज तिम्सिना, हिमालयन हस्पिटालिटी टुरिजम डेभलपमेन्ट नेटवर्क एचएचटिडीएन भारतका महासचिव सम्राट सन्याललगायतले बोलेका थिए । पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ट्राभल मञ्च झापा नेपालका सचिव नवीन खरेलले गरेका थिए ।
सम्झौता पत्रमा दुई संस्थाबीच हस्ताक्षर
पर्यटन व्यवसायीहरुको छाता संस्था ट्राभल मञ्च झापा नेपाल र हिमालयन हस्पिटालिटी टुरिजम डेभलपमेन्ट नेटवर्क एचएचटिडीएन भारतबीचको एशोसिएट सदस्य सम्बन्धी सम्झौता ‐एमओयू)मा हस्ताक्षर भएको छ । ट्राभल मञ्च झापा नेपालकातर्फबाट अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव नवीन खरेल तथा हिमालयन हस्पिटालिटी टुरिजम डेभलपमेन्ट नेटवर्क एचएचटिडीएनकातर्फबाट अध्यक्ष सुवासीस चक्रवर्ती र महासचिव सम्राट सन्यालले हस्ताक्षर गरेका थिए ।
यसले दुई देशका पर्यटन व्यवसायी ‐सदस्यहरु ) र समग्र क्षेत्रीय पर्यटनकालागि विभिन्न फाईदाहरु पुग्ने सहभागीहरुले विश्वास व्यक्त गरे । सीमापार पर्यटन सहजीकरण सदस्यहरुलाई एक अर्काको क्षेत्रमा पर्यटकहरु ल्याउन लैजान र भ्रमण सञ्चालन गर्न सहज हुने सहभागीहरुले बताए । नियम, अनुमती, प्रक्रिया र अन्य जानकारी आदानप्रदानले सहजता ल्याउने उनीहरुको भनाई थियो ।
व्यवसायिक सम्बन्ध सञ्जाल विस्तार, दुवै संस्थाका सदस्यहरुबीच आपसी सम्बन्ध बढ्ने, जस्ले नयाँ व्यपारिक अवसरहरु सिर्जना गर्ने समेत छलफलमा सहभागी व्यवसायीहरुले बताए । बजार पहुँच बृद्धि समेत हुने भन्दैं ट्राभल मञ्च झापा तथा हिमालयन हस्पिटालिटी टुरिजम डेभलपमेन्ट नेटवर्क एचएचटिडीएनका सदस्यहरुले पूर्वी हिमालयक्षेत्रको बजार कोशी प्रदेशका बजारहरुमा आफ्नो पहुँच बढाउन सक्ने बताइएको छ ।
‘क्रस वोडर टुरिजमका अवसर र चूनौती’ बारेको सत्रका प्यानल डिस्कसमा नेपाल पर्यटन बोर्डका वरिष्ट प्रवन्धक सूर्य थपलिया, नमस्ते कञ्चनजंघा इकोसिस्टक तुम्लिङ अध्यक्ष केशरी गुरुङहिमालयन हस्पिटालिटी टुरिजम डेभलपमेन्ट नेटवर्क एचएचटिडीएनका महासचिव सम्राट सन्यालले बहस गरेका थिए । कार्यक्रमको सहजिकरण ट्राभल मञ्च झापाका सहसचिव आकाश श्रेष्ठले गरेका थिए ।







प्रतिक्रिया