काठमाडौँ, १३ कात्तिक - अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील संस्था करुणा फाउण्डेसन नेपालले देशभरका ४२८ जनालाई कृत्रिम हात वितरण गर्ने भएको छ । फाउन्डेशनले आज एक विज्ञप्ति जारी गरी जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा सञ्चालन हुने सहयोग अभियानअन्तर्गत पहिलो चरणमा कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण गर्न लागिएको जनाएको छ । फाउण्डेसनका सह निर्देशक दिनेश ढकालले…