बिर्तामोड - निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको छ । वैशाखमा प्रतिमन २३ हजार रुपैयाँमा खरिद बिक्री भएको अलैंची अहिले ३४ हजार रुपैयाँ पुगेको छ । कोरोना महामारीकै बीच अलैंचीले राम्रो मूल्य पाएको हो । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन् । मूल्य राम्रो पाएपछि यस वर्ष नेपाली व्यवसायीका सबै स्टक…