अख्तियार पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

काठमाडौं - बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका बस्न्यातलाई आइतबार पुर्पक्ष थुनामा राख्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतको…