बिर्तामोड - प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएपछि उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल लगिएको छ । झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा आज उहाँको उपचार भएको थियो । उहाँका स्वकीय सचिव छत्र कडायतका अनुसार आज बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो…