काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर स्थगन गर्ने तयारी भइरहेको सिँहदरवार विशेष स्रोतले प्रशासनलाई बतायो । ‘नेकपा मुख्य सल्लाहकारसहित अध्यक्षद्वयबीचको छलफलपछि प्रधानमन्त्रीबाट मुख्यसचिव लोक दर्शन रेग्मी हुँदै श्रम…