इलाम । बालिका थपलिया करीब नौ वर्ष भएकी थिइन् । आँगनमै बसेर गृहकार्य गर्दै गरेकी उनलाई आफ्नै बुबा (तुङ्गनाथ थपलिया)ले एक्कासि कविता लेख्न आदेश दिए । वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी बालिकालाई शुरुमा त बुबाको कुरा सुन्दा ‘बिजुली चम्किए’ झैं भयो । कवितामा कहिल्यै कलम नचलाएकी बालिकालाई शीर्षककै दिएर कविता लेख्न आदेश दिँदा नआत्तिने…