झापा । नेपालमा कोभिड–१९ को सक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८०० नाघेको छन् । सोमबार मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिन २३९ जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।…