बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । हल्दिबारीको जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमा गोलपोस्ट नजिकै जलथलका खेलाडी अभिषेक लिम्बूको हातमा गोलले छोएपछि पूर्वेलीले पेनाल्टी पाएको थियो । पूर्वेलीका कप्तान बिक्की…