रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ८ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघिको ६ दिनको म्याद सकिएसँगै लामिछानेलाई आज प्रहरीले म्याद थपका…