वर्तमान संविधान लोकतान्त्रिक आन्दोलनको उपलब्धि

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको उपलब्धि भएको बताउनुभएको छ । आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको अत्यन्त ठुलो सपनाको दस्ताबेज भएको बताउनुभयो । ‘यो २००७ साल देखिको सपना पुरा भएको दस्ताबेजको अर्थमा जनताको संविधान हो’, उहाँले भन्नुभयो ।…