बिर्तामोडमा धमाधम कालोपत्रे, यसपछि गोकुल मार्गमा

बिर्तामोड । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बिर्तामोडमा शाखा सडकहरु विग्रिदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पछिल्लो समय नगरपालिकाले प्राथमिकताका आधारमा सडकको मर्मत संभारसँगै कालोपत्रे गरिरहेको छ । छठ पर्वपछि बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । आइतबार शनिश्चरे रोडदेखि अदुवा पुल र कृष्ण हल– वनस्टप सडकमा कालोपत्रे गरिएको छ…