बिर्तामोडका अस्पतालले भने : ‘अस्पतालको फोहोर माछा पालक किसानलाई दिदैनौं’

बिर्तामोड । बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले झापाका माछा पोखरीमा अस्पतालहरुबाट उत्पादित मानव सिनो चारोको रुपमा खुवाइने गरेको विषय सामाजिक संञ्जालमा सार्वजनिक गरेपछि उपभोक्ता त्रसित भएका छन् । माछाका उपभोक्ताले यो विषयलाई गम्भीर रुपमा लिए । बिर्तामोड–२ का वडाध्यक्ष संग्रौलाले सुनेको भरमा फेसबुकमा माछा पोखरीमा झापाका अस्पतालहरुको मानव सिनो राती–राती हाल्ने गरिएको लेखेका थिए ।…