सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

विर्तामोड - नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभयो । सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताउनुभयो…