बाह्रदशी झापाको केन्द्र बिर्तामोडसँग जोडिएको गाउँपालिका भएपनि सुगम भने छैन । स्थानीय सरकार आएपछि बल्ल त्यहाँका स्थानीयले विकासको अनुभव गर्न थाल्दैछन् । बिस्तारो बिकास अंकुराउँदैछ, जनतामा आशाको किरण पलाउँन थाल्दैछ । मुलतः कृषि पेसा बाह्रदशीको पहिचान हो । विभिन्न जातजातिको साझा फुलबारी रहेको यो गाउँपालिकामा आदिबासी समुदायको बाहुल्यता छ । राजवंशी समुदायको संस्कृति बाह्रदशीको मूल…