Banner news

झापाबाट राप्रपाको केन्द्रीय सदस्यमा सिटौला र विष्ट मनोनीत

झापाबाट राप्रपाको केन्द्रीय सदस्यमा सिटौला र विष्ट मनोनीत


बिर्तामोड । राप्रपाको केन्द्रीय सदस्य झापाबाट दुई जनालाई मनोनित गरिएको छ । पार्टीको विधान बमोजिम ३१ जनालाई मनोनीत गर्दा झापाबाट भक्ति प्रसाद सिटौला र अमर बहादुर विष्ट केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार ३१ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पहिलो चरणको मनोनयन हो ।

शेयर गर्नुहोस :

0
Shares