गौरादह । प्रेस चौतारी नेपाल झापाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत चयन भएका छन् ।
झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिवेशनले चौतारी झापाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलक योञ्जन र कोषाध्यक्षमा सरोज चौलागाई निर्विरोध चयन गरिएको छ ।

सदस्यहरुमा भुमिराज पराजुली, राजु पोखरेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, ईन्द्र बहादुर राई, खगेन्द्र घिमिरे, अनिल वाग्ले, युवराज आचार्य र पुस्कर गुरागाई चयन छन् ।







प्रतिक्रिया