काठमाडौं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न व्यक्ति सहभागी हुने बताइएको छ । सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिँदै…