विराटनगरदेखि भारतको बथनाहा रेल मार्ग परियोजनामा ढिलासुस्ती, तत्काल निकास खोज्नुपर्ने माग

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगरदेखि भारतको बथनाहा रेल मार्ग परियोजनाको निर्माण कार्यमा देखिएको अवरोध र ढिलासुस्तीको तत्काल निकास खोजिनुपर्ने माग गरेका छन् । भारतको बथनाह स्टेसनबाट मोरङको कटहरीसम्मको रेल मार्ग निर्माण रोकिनुमा जग्गाको मुआब्जा विवाद कारक बनेको भन्दै उद्योगी–व्यवसायीले तत्काल समाधान खोज्न पहल गरिनुपर्ने माग गरेका हुन् । बथनाहा–कटहरी १८.६ किलोमिटरमध्ये बथनाहा–बुधनगर (लावाघाट/आईसीपी)सम्मको ७.६ किलोमिटर दूरीमा…