हल्दिवारीमा अध्यक्षले विधेयक प्रमाणित गरेनन्, राजश्व संकलन प्रभावित

बिर्तामोड । हल्दिवारी गाउँपालिकामा आजदेखि राजश्व संकलन प्रभावित हुने भएको छ । अध्यक्ष रविन्द्र लिङ्देनले गाउँसभाबाट पारित भएको विधेयकहरु प्रमाणिकरण नगर्दा राजश्व संकलन प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले जानकारी दिए । ०७७/७८ को बजेट , नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान समस्या हुने इङ्नामको भनाई छ । गत असार १० गतेको घटना अहिलेसम्म मिल्न…