झापामा असईद्वारा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास

बिर्तामोड - सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले सीमान्तकृत समुदायकी बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ ।…