बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ११६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ११६ सहित नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप…