परेवा संरक्षण गर्दै गाउँपालिका

पाँचथर - पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको हो । यस्तै परेवा मार्ने वा नास्ने काम गरे जरिवाना गर्ने निर्णय समेत गाउँपालिकाले…