काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो । पीसीआर टेस्टका लागि सङ्कलित नमूना आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको उहाँले…