बिर्तामोड — भद्रपुर नगरपालिका–९ र १० नम्बर जोड्ने सडकको कालोपत्र निर्माण गरेको तीन महिना नहुँदै भत्किएको छ । चारआली–चन्द्रगढी सडकखण्डदेखि पश्चिम देउनिया पुल छेउसम्मको सडकअन्तर्गत करिब एक किलोमिटर कालोपत्र भत्किएको हो । इलामको गजुरमुखी निर्माण कम्पनीले कालोपत्र गरेको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले ठेक्का लगाएको उक्त सडक ठेकेदार कम्पनीले गुणस्तरहीन काम…