झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घरघर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिनुभएको छ । फागुन २१ मा घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घरघरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिनु भएको हो । काठमाडौं फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर एमाले अध्यक्ष ओलीले…