बिर्तामोड । झापाका बेकरी व्यवसायीले बेकरी परिकारमा ३३.३ प्रतिशत मुल्य बृद्धि गरेका छन् । उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मुल्य बढेपछि व्यवसायीले मुल्य बृद्धि गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । कच्चा पदार्थसँगै श्रमिकको ज्याला, प्रशोधन खर्च, इन्धन, इपाकेजिङ सामग्री र बजार व्यवस्थापनमा खर्च बढेकोले मुल्य समायोजन गरेको बेकरी व्यवसायीका अध्यक्ष नर…