नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला हो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७५’ समारोहमा उहाँले मुलुकलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम साहित्य सिर्जना भएको बताउनुभयो । “नेपाल साङ्गीतिक विविधताबीच प्राकृतिक वैभव र सुन्दरताले…