काठमाण्डौ । प्रहरीले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती थपिएको जनाएको छ । शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि प्रहरीले प्रविधिले बैंक तथा वित्तीय संस्थामा चुनौती थपेको जनाएको छ । महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज…