बागमती, ३१ भदौ - पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु १ ग २८० नं को ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् । जिल्ला…