बिर्तामोड । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडको ५८ औँ वार्षिकोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा छात्रवृत्ति वितरण गर्दै सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले विद्यालयको ऐतिहासिक पृष्ठभूमि र पछिल्लो एक वर्षभित्रका गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले मोहनमाया माध्यमिक विद्यालय कोशी प्रदेशमै २ हजारभन्दा बढी विद्यार्थी संख्या, उत्कृष्ट नतिजा र व्यवस्थापकीय क्षमताका आधारमा…