बिर्तामोड । नेपालीहरूको महान् चाड बडादशैँअन्तर्गत आज (आइतबार) नवदुर्गाको छैटौँ रूपअन्तर्गत कात्यायनी भगवतीको पूजा–आराधना गरिँदै छ । आश्विन शुक्ल षष्ठी तिथिमा शक्तिस्वरूपा भवानी माता कात्यायनीको पूजाआजा गरिन्छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन…