झापा, १३ भदौ - मानव बेचबिखनविरुद्ध पूर्वीनाकामा सक्रिय माइती नेपालले एक वर्षमा हराएकामध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । आर्थिक वर्ष २०८१-८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो । माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी…