Banner news

चुनावका लागि कांग्रेस एमालेसहित ६८ राजनीतिक दल दर्ता

चुनावका लागि कांग्रेस एमालेसहित ६८ राजनीतिक दल दर्ता


काठमाण्डाै – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि अहिलेसम्म ६८ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि नेकपा एमाले, नेपाली कांग्रेससहित आजसम्ममा ६८ वटा दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

एमालेले एकातिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने अर्कोतिर निर्वाचन आयोगमा पनि  दल दर्ता  गराएको छ ।

प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आयोगले भोलिसम्मको समयसीमा निर्धारण गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares