काठमाडौं - नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्र विज्ञ डा .राजन भटट्राईले हालै लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमती गरेकोप्रति आपत्ती जनाउनुभएको छ । सामाजिक सञ्जालमा आज बिहान भटट्राईले नेपाली र अंग्रेजी दुवै भाषामार्फत धारणा सार्वजनिक गर्दै नेपालको भूभागका मामिलामा नेपालको सहमती बेगर नै गरिने सहमती नेपाललाई मान्य नहुने बताउनुभएको हो ।…