शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो । नगरपालिका कार्यालयबाट ४० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई ह्वीलचियर, सिपी ह्वीलचियर र ट्राइसाइकल वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ…