कनकाई सेरोफेरो झापाको कनकार्ई नगरपालिकाले पछिल्लो साढे ६ वर्ष यता नगरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा उल्लेखनीय काम गरेको छ । नगरक्षेत्रभित्र १४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । जसमा ७ वटा माध्यमिक, ३ वटा आधारभूत र ४ वटा प्राथमिक विद्यालयहरू रहेका छन् । माध्यमिक विद्यालयहरूमा कन्काई मावि सुरुङ्गा, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बा, भृकुटी मावि दुर्गापुर, चम्पापुर…