विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श मावि प्रथम

बिर्तामोड । कोशी प्रदेशस्तरी विज्ञान तथा प्रविधि प्रदर्शनीमा झापाको बुद्धशान्ति–२ को आदर्श मावि प्रथम भएको छ । प्रथम भएको सो विद्यालयलाई नगद ४ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । विज्ञान तथा प्रविधि प्रदर्शनीमा बिर्तामोडको देवी मावि द्वितीय र तेह्रथुमको सिंहदेवी मावि तृतीय भएको छ । उनीहरुले क्रमश : ३ लाख र २ लाख नगदसहित…