सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

उर्लाबारी। थोरै लगानी र दृढ इच्छाशक्तिले पनि गाउँ सुन्दर बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन् उर्लाबारी–९ डाँडाटोलका ५८ वर्षीय हर्क थेबे। विदेशबाट परिवारले पठाएको खर्चबाट थोरै बचत गर्दै उनले तीन वर्षअघि डाँडाटोलदेखि आमबारी बजारसम्मको सडक दुवैतर्फको जमिन सम्याउने कामबाट यो रूपान्तरण सुरु गरे। करिब दुई लाख ५० हजार रुपैयाँ खर्चेर जमिन सम्याए पछि उनले…