बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच सभामुख घिमिरेले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नु भएको हो । ४ करोड ९९ लाखमा भवन निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो । यस्तै, सभामुख घिमिरेले बिर्तामोडमा तीन जनालाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ…