बिर्तामोड । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस परिसरमा हरेक दिन भेटिनुहुन्छ, ७९ वर्षीया ललितादेवी दाहाल । हातमा निघुरो, केही थान पोलिथिन र सानो कचियामा भेटिने दाहालले त्यहि परिसरमा दैनिकी बिताएको डेढ दशक पुरा भइसक्यो । चितवनको नेपाल स्टिल बन्द भएपछि झापा भद्रपुर आउनु भएको दाहाल यतिवेला क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीहरुको सब्जी टारिरहनु भएको छ ।…