एशियन हाइवेमा डाइभर्सनको काम मनसुन अगावै सम्पन्न गरिसक्न निर्देशन

झापा – पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एशियन हाइवेमा डाइभर्सनको काम मनसुन शुरू हुनु अगावै सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) झापाले निर्देशन दिएको छ । एशियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एशियन हाइवेको स्तरोन्नति भइरहेको छ । सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षातमा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम छ । निर्माणसम्बन्धी…