इस्लामबाद, १६ चैत । पाकिस्तान–अफगानिस्तान सीमा नजिकै १७ आतंककारी मारिएका छन् । अफगानिस्तान सिमा नजिक रहेको खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले १७ आतङ्ककारीलाई मारेको पाकिस्तानी सेनाको मिडिया शाखाले सोमबार जनाएको छ। एक दिन अघि मात्रै सेनाले ५४ आतंककारीहरूलाई उही क्षेत्रमबाट पाकिस्तान–अफगानिस्तान सीमाबाट घुसपैठ गर्ने प्रयासलाई निष्प्रभावी पारेको थियो। इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार…