बिर्तामोड । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ । विभागका अनुसार बुधबार बिहान ०८ः४५ देखि आज बिहान ०८ः४५ बजेसम्म २२७…