काठमाडौं - दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ। मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो। उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा…