बिर्तामोड, फागुन २२ । विराटनगर सिटी एफसीलाई सडनडेथमा हराउँदै इलामको रेड हर्स एफसी झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा विराटनगरलाई सडनडेथमा ४–३ गोल अन्तरले हराउँदै रेड हर्स अन्तिम चारमा पुगेको हो । यसअघि निर्धारित समयमा ३–३ गोलको…